एकीकृत समाजवादीका नेता महेन्द्र र रामचन्द्र एमाले फर्किए

समाधान संवाददाता २०८० फागुन ७ गते १६:४६

पोखरा ।
नेकपा (एकिकृत समाजवादी) स्याङजाका ईञ्चार्ज महेन्द्र थापामगर र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई (आरसी) सहित जिल्ला कमिटी, भातृ संगठनका ५१ जना नेता तथा कार्यकर्ता सोमबार मुलघर नेकपा (एमाले)मा फर्किएका छन् ।


नेकपा (एमाले)को ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता महेन्द्र सहितको टोलीलाई औपचारिक रुपमा एमालेमा स्वागत गरेको नेकपा (एमाले)का केन्द्रीय राजीव पहारीले जानकारी दिए ।


नेपाल मगर संघका पुर्व अध्यक्ष समेत रहेका थापा प्रतिनिधि सभाका पूर्व सदस्य हुन । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि अनवरत रुपमा योगदान पुर्‍याएका थापा पछिल्लो समयमा संघीय समाजवादी फोरम नेपाल हुँदै एकिकृत समाजवादीको राजनीतिमा सक्रिय थिए । एमाले अध्यक्ष ओलीको रोहवरमा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिवहरु पद्मा अर्याल र गोकर्ण विष्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Advertisement


कार्यक्रममा नेता थापामगर र भट्टराईले नेपाल कम्युनिष्ट पार्टीको मूलधारमा एमालेमा समाहित भएर कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया