बिटी कपमा आजबाट सेमिका खेल

समाधान संवाददाता २०८० फागुन ८ गते १०:२७

पोखरा ।
बुद्ध टोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगितामा क्वाटरफाइनल समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा सोमबार भएका प्रिक्वाटर फाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योति क्लब, एलसी ब्रदर्स, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुँडिखेल विजयी बन्दै अन्तिम ८ मा पुगेका छन् ।


मंगलबार क्वाटर फाइनलका खेल सञ्चालन हुँदै छन् भने बुधबार सेमिफाइनल र बिहीबार फाइनल खेल हुने तय छ । ५६ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँका साथमा शिल्ड तथा मेडलसहित प्रमाणपत्र पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया