सरस्वती आदर्श विद्याश्रमलाई लोकनृत्य उपाधि

समाधान संवाददाता २०८० फागुन ८ गते १२:२८

पोखरा ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), नेपालद्वारा आयोजित राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्याश्रमले जितेको छ । विराटनगरको आरोह गुरुकुल नाट्य घरमा भएको प्रतियोगितामा सरस्वतीले उपाधिसँगै नगद १ लाख, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको हो ।


पालिका, जिल्ला, प्रदेश स्तर हुँदै सञ्चालित यस प्रतियोगिताको अन्तिम चरणमा सरस्वती आदर्श विद्याश्रम गण्डकी प्रदेशबाट प्रथम भई सहभागी भएको हो । प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी विद्यालय सुविजिमुर मेमोरियल दोस्रो स्थानसहित नगद ७५ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । बागमती प्रदेशबाट सहभागी इलेन मेमोरियलले तेस्रो भए सँग नगद ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र पायो । कार्यक्रम प्याब्सन नेपालका अध्यक्ष डीके ढुंगानाको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया