अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पाेखरका बरालकाे फाेटाेभिडियो देखाइने

समाधान संवाददाता २०८० फागुन ९ गते १३:५५

पोखरा ।
पोखराका पत्रकार कृष्णमणि बरालले अमेरिकामा आगामी मार्च १ देखि ३ गतेसम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा सहभागी हुने भएका छन् । महोत्सवमा उनका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शनका लागि छनोट भएको छन् ।


नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र चुनौतीबारे प्रदर्शन गर्ने बरालले बताएका छन् ।


महोत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन हुनेछ । प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने बरालको भनाइ छ ।

Advertisement


लामो समयदेखि गिद्ध संरक्षण अभियानमा लागेका बराल फोटो पत्रकारसमेत हुन् । उनले हालसम्म ३ दर्जनभन्दा बढी लाटोकोसेरो, हुचिल तथा गिद्धको उद्धार गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया