हिमालयन र गण्डकीको विजयी सुरुआत

समाधान संवाददाता २०८० फागुन १० गते १०:५४

पोखरा ।
प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा बुधबार हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् ।


बि–बग इभेन्टको आयोजनामा पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हिमालयन माविले बाल मन्दिर माविमाथि सहज जित निकालेको हो । हिमालयनले बाल मन्दिरलाई १ सय १६ रनले पराजित गरेको हो । हिमालयनले दिएको १ सय ७९ रनको विशाल लक्ष्य बालमन्दिरले १२ ओभर ५ बलमा भेट्टायो ।


बाल मन्दिरका मनिल अर्यालले सर्वाधिक १५ रन जोडे । हिमालयनका सफल थापा एक्लैले ६ विकेट लिए । पहिला ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।

Advertisement


हिमालयनका लागि अभिषेक थापामगरले सर्वाधिक ४८ रनको योगदान दिए । सफल थापाले ३१ रन जोडे । बाल मन्दिरका सुमन अधिकारी र सौगात लामिछानेले समान २ विकेट लिए ।


दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलले छोरेपाटन माध्यमिक विद्यालयलाई ९ विकेटले पराजित ग¥यो । छोरेपाटनले दिएको ३३ रनको सामान्य लक्ष्य गण्डकीले ४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

Advertisement


गण्डकीका लागि मनोज भण्डारीले सर्वाधिक १५ रन र रजत पौडेलले १० रन बनाए । छोरेपाटनका सदिर्श पौडेलले १ विकेट लिए ।


यसअघि छोरेपाटन मावि १२ ओभर ३ बलमा ३२ रनमा समेटिएको थियो । छोरेपाटनलाई सस्तोमा समेट्न गण्डकीका आरोग्य भण्डारी र रजत पौडेलले समान ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच रजत पौडेल घोषित भए । फागुन १६ गतेसम्म चल्ने प्रतियोगितामा कास्कीका १२ विद्यालय सहभागी छन् ।


प्रतियोगिताका विजेताले ८० हजारका क्रिकेट किट र उपविजेताले ४० हजारका क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।


उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउने छन् ।

तपाईको प्रतिक्रिया