वित्तीय साक्षरता र लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना

समाधान संवाददाता २०८० फागुन १० गते १२:५४

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित वित्तीय साक्षरता तथा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना संयुक्त कार्यक्रम सम्पन्न गरेको छ ।


पोखरा १३, आर्बामा अवस्थित आर्बा विजय माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ८५ जना विद्यार्र्थी भाइबहिनीको सहभागिता थियो । सिद्धार्थ बैंकसँगको सहकार्यमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ क्षेत्रले प्रवाह गर्ने विविध सेवा सुविधाहरुको जानकारी, यस क्षेत्रको बढ्दो डिजिटलाइजेसनका फाइदाहरु साथसाथै सम्भावित जोखिमका प्रकृति र यसबाट बँच्न अपनाउनुपर्ने सजकताको विषयमा सिद्धार्थ बैंक बगर शाखाका शाखा प्रमुख हरिबहादुर भाटले सहजीकरण गरेका थिए ।


नौलो घुम्ती नेपालसँगको सहकार्यमा आयोजित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना सहजकर्ता ओम गुरुङले विशेष गरेर किशोर अवस्थामा लागूपदार्थ दुव्र्यसनका घटना धेरै भएकाले त्यसतर्फ व्यक्ति, परिवार र समुदाय सचेत हुन आवश्यक रहेको धारणा राखे ।

Advertisement


क्लबको कार्यक्रमको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक पद्मादेवी बरालले विद्यार्थी भाई बहिनिहरुलाई कितावी ज्ञानले मात्र पर्याप्त नभइकन थप यस्ता कार्यक्रमहरुले सचेत बनाउनुका साथै बढ्दो उमेरका बालबालिकाले सही–गलत बाटो छुट्याउन अगाडि बढ्न महत्वपूर्ण योगदान दिने बताइन् । कार्यक्रम सञ्चालन क्लबका पूर्वअध्यक्ष कृष्ण रानाभाटले गरेका थिए ।

कार्यक्रमको अध्यक्ष वर्ष २३/२४ का अध्यक्ष तुल रानाभाटले कार्यक्रम सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया