पोखरामा ‘माराङ’को प्रिमियर सो

समाधान संवाददाता २०८० फागुन ११ गते ११:४३

पोखरा ।
मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर सो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर गरिएको हो ।


पोखरामा बिहीबार प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गरिने निर्माता तुलबहादुर सारु मगरले बताए । ‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं ।’


उनले माराङ चलचित्र फाइदाका लागि भन्दा पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणको लागि निर्माण गरेको बताए । ‘माराङ चलचित्र कुनै पनि फाइदाका लागि निर्माण गरेको होइन, मगर समुदायको भाष, संस्कृति र कलाको संरक्षणलाई मध्यनजर गर्दै निर्माण गरेका हौं,’ उनले भने ।

Advertisement


नेपाल मगर संघ कास्की अध्यक्ष रामबहादुर थापामगरले माराङ चलचित्र मगर भाषामा भएकाले यस भाषाको संरक्षणमा जोड दिएको उल्लेख गरे । ‘पछिल्लो पुस्ताले मगर भाषा बुझ्दैन, बोल्न खोज्दैन, हाम्रो कला संस्कृति हराउँदै छ’, थापामगरले भने, ‘माराङ चलचित्र मगर भाषामा निर्माण भएको छ, यस चलचित्रले भाषा, संस्कृतिसँगै कलाको संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउँछ ।’


मगर कथानक चलचित्र माराङमा रमेशबाबु थापामगर, सृजना मरासङ्गी मगर, टीका थापामगर, टेक रानामगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर, सञ्जोक लाफामगर लगायतको अभिनय छ ।

Advertisement

तपाईको प्रतिक्रिया