सूर्याेदय स्कुलको वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन १५ गते १३:१९

पोखरा ।
पोखरा महानगरपालिका वडा न. १६ दीपमा रहेको सूर्योदय माध्यमिक विद्यालयको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा न. १६ का अध्यक्ष अमृत तिमल्सिनाले अबको शिक्षा व्यवहारिक हुनुपर्नेमा जोड दिए ।


उनले कक्षाकोठामा थुनेर मात्र शिक्षण गर्नुभन्दा अब व्यवहारिक शिक्षा फरक किसिमले दिनुपर्ने विचार राखे । विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु अबको आवश्यकता भएको उनको भनाइ छ ।


पोखरा ३ का अध्यक्ष प्रकाशमान उदासले जागिरका लागि पढ्नेभन्दा पनि जीवनको लागि पढ्नेहरुले देश, समाजका लागि केही गर्न सक्ने बताए । विद्यालय व्यवस्थापन समिति सदस्य डा. अविनाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक तीर्थराज सुवेदी, विद्यालयका व्यवस्थापक राजेश गुरुङ, भूतपूर्व विद्यार्थी सृष्टि छन्त्यालले पनि बोलेका थिए ।

Advertisement


कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो । सो अवसरमा शैक्षिक रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया