गोल्डेन नेचर स्कुलमा अंग्रेजी हिज्जे

समाधान संवाददाता २०८० फागुन १५ गते १६:४३

पोखरा ।
पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुंगेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अंग्रेजी हिज्जे प्रतियोगिता गरेको छ ।


शैक्षिक क्यालेन्डरमा उल्लेख भएबमोजिम कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थी बिच प्रतियोगिता भएको हो । प्रतियोगितामा पहेलो सदनका समर्पण बराल, सेजल न्यौपाने, दर्पण अधिकारी र निष्ठा बरालले प्रथम स्थान प्राप्त गर्न सफल भए भने हरियो सदनका संस्कृत आचार्य, सशा थापा, संस्कार पौडेल र साइमन सुनार द्वितीय बने ।


विद्यार्थीको अंग्रेजी भाषा, हिज्जे र उच्चारणमा थप निखार एवं शुद्धता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको संयोजन विद्यालयका शिक्षकद्वय जमुना आचार्य र होमराज गुरूङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया