लेकसिटी एकेडेमीको १२ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन १६ गते १३:२०

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको लेकसिटी एकेडेमी एण्ड मन्टेसरीको १२ औं वार्षिकोत्सव एवं अभिभावक दिवसका वक्ताहरुले केटाकेटीका लागि पहिलो विद्यालय घर भएकाले घरमा संस्कार र संस्कृतिका कुरा सिकाउनुको सट्ट मोबाइल चलाउन सिकाउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गरे ।


घरमा अभिभावक पनि मोबाइलमा झुिन्डने र बच्चाबच्चीहरुलाई फकाउनदेखि खाना खुवाउँदासमेत मोबाइलको प्रयोग गरेर बानी बिगारी रहेकाले यसको रोकथाम गर्नुपर्ने आवश्यकता औंल्याइएको हो ।


बिग्रिएको मोवाईल बनाउन सकिन्छ तर बिग्रिसकेका बालबालिकाहरुलाई सपार्न धेरै अप्ठेरो हुने भएकाले सानै उमेर देखि मोवाईलबाट केटाकेटीहरुलाई टाढै राख्नुपर्ने सुझाव दिँदै अधिकांश वक्ताहरुले मोबाइल पनि एक प्रकारको कुलत नै भएको उद्घोष गरेका थिए ।

Advertisement


पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले नेपालमा भविष्य नदेखेर विदेशिने युवालाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा अब नीतिगत रुपमा नै सम्बोधन हुनुपर्ने सुझाव राखेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सस्थापक कुशलबाबु लामिछाने स्थापना काल देखिको ईतिहासिक पक्ष र प्रिन्सिपल प्रभा कुमारी पौडेलले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजनाका बारेमा जानकारी गराएकी थिईन ।

Advertisement


सोही अवसरमा पोखरा विश्व विद्यालयकी सभासद गंगा खनाल, एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी,प्याव्सन कास्कीका अध्यक्ष मथुरा पौडेल, पर्यटन व्यवसायी टीकाराम सापकोटा, लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामजी लामिछाने,लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका अधिकारी, भिजन मन्टेसरी टिचर टेनिङ सेन्टरका सञ्चालक दुर्गा सिग्देल, सृजना बहिरा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, विद्यालय सञ्चालक समितिका सदस्य चन्द्रप्रकाश ढुंगाना र शिक्षक मोनिका गुरुङ लगायतले प्रयोगात्मक र जीवनोपयोगी शिक्षाको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया