प्रदेशको इन्चार्जमा दीननाथ र सहइन्चार्जमा हरिराज

समाधान संवाददाता २०८० फागुन १७ गते ११:०९

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुंग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार भएको स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।


माओवादीले गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीननाथ शर्मालाई ताकेको छ भने सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार)ले जिम्मेवारी पाएका छ । माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।


लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Advertisement


बैठकले प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ ।


केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी छ । बैठकले संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारी अनुसार कार्यरत रहने निर्णय गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया