मुस्ताङमा प्रहरीको नागरिक सुनुवाई

समाधान संवाददाता २०८० फागुन १७ गते १५:२४
प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय

जोमसोम—जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०८०—०८१ मा १९० प्रतिशत फरार अपराधी पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय प्रहरी साझेदारी अयियानका क्रममा भए गरेका कार्यसम्पादनको सार्वजनिकीकरण तथा नागरिकको सुझाव संकलन गर्ने उद्देश्यले आयोजित नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यसम्पादनको मापदण्ड भन्दा दोब्बरले फरार अपराधी पक्राउ गर्न सफल भएको जनाइएको छ ।


चालु वर्ष मुस्ताङ प्रहरीले गरेको कार्यसम्पादनको सार्वजिक गर्दै मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेयले चालु वर्ष ६ जना फरार अपराधी पक्राउ गर्नुपर्ने मापदण्ड रहेपनि यहाँबाट ११ जना फरार अपराधी पक्राउ परेको जानकारी दिए । प्रहरी प्रमुख पाण्डेले प्रस्तुती तथा नागरिकले उठाएको प्रश्नको जवाफमा प्रहरीको बर्दीसंग नागरिक डराउन नपर्ने बताए । प्रहरी र नागरिकको सम्वन्ध नङ र मासुको जस्तै सम्वन्ध हुन्छ । नागरिक बिना प्रहरी र प्रहरी बिनाको नागरिक शान्ति सुरक्षा र अपराध नियन्त्रण अपूर्ण हुँने दावी गरे ।

मुस्ताङमा सडक संञ्जाल सहज हुँदै गएपछि मानव क्राउड बढ्दै गईरहेको र भविष्यमा हुनसक्ने संम्भावित अपराध र विभिन्न घटना हुन नदिन प्रहरी निकाय सचेत रहेको डिएसपी पाण्डेयले उल्लेख गरे ।‘ म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र घाँसाबाट उत्तरी कोरलानाकासम्म सुरक्षा निकायलाई कडाई गरिएको छ ,राष्ट्रिय राजमार्गमा पर्ने अधिकाँश प्रहरीहरुले कडा चेकजाँच गरिहेको अवस्था छ ,’डिएसपी पाण्डेयले भने,‘ सबै विषयमा प्रहरी निकायले सम्भावित घटना र तस्करी हुन नदिन सचेत भएर लागिपरेका छौं,यसैले पनि हामीलाई प्रदेश सरकारले हाम्रो मूल्यांकन गरेर उर्जा भरिदिएको छ ।’ डिएसपी पाण्डेयले उपल्लो जाने राष्ट्रिय राजमार्गको ईलाका प्रहरी कार्यालय छुसाङ र प्रहरी चौकी चराङमा कडा सुरक्षा निगरानी बढाईएको बताए ।

Advertisement


डिएसपी पाण्डेयले सदरमुकाममा सवारी साधनको फलो बढ्ने भएकाले सवारी पार्किङलाई व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिए । उनले पार्किङ व्यवस्थापनले स्थानीय व्यवसायीको व्यवसायमा कुनै असर नपर्ने भएकाले व्यवसायीहरु खासै आत्तिहाल्नु पर्ने अवस्था नरहेको सुझाए । डिएसपी पाण्डेयले मुस्ताङमा सार्वजनिक जग्गामा अनाधिकृत तवरले कानुन मिचेर घरटहरा बनाउन थालेकाल ेत्यसलाई प्रशासन र प्रहरीको पहलमा नियमन गर्न थालिएको जानकारी दिए ।‘हामीले वारागुङ र घरपझोङ गाउँपालिकामा केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाउन थालेको ूसूचना पायौं,त्यसलाई प्रहरीले तत्काल पूर्णत नियन्त्रणमा लिईसकेको छ,’डिएसपी पाण्डेयले भने,‘ यो विषयमा केही व्यक्तिको तारो पनि बनिरहेको छ,यसमा सम्वन्धित पालिकाले पनि सार्वजनिक जग्गा दोहन हुन नदिन भूमिका खेल्नु पर्ने हुन्छ ।’


प्रहरी नायब उपरीक्षक पाण्डेयले निकट भविष्यमै कागबेनी,मुक्तिनाथ र लोमान्थाङमा ट्राफिक प्रहरीको व्यवस्था गरिने जानकारी दिए । उनले मुस्ताङ प्रहरी सदरमुकाम देखि विकट गाउँहरुमा समेत सक्रिय र बलियो रहेकाले प्रहरी निकायलाई कमजोर भनी सोच्न नहुने बताए । उनले प्रहरी चौकी लेतेमा प्रहरी बिट र सिसी क्यामेरा राख्ने तयारी भईरहेको र जिल्ला भित्रिने पर्यटकको अभिलेख प्रविधिमा रुपान्तरण भएको सुनाए । उनले प्रहरीले घाँसा र छुसाङमा डिजिटल अभिलेख विवरण राख्न सुरु गरेको जनाए । उनले मुस्ताङका होटलहरुमा पर्यटक राख्ने क्रममा कानुनले अवैध ठहरिने कुनै पनि क्रियाकलाप गर्न नहुँने पर्यटन व्यवसायीले सुझाए । उनले होटलहरुमा पर्यटक आगन्तुक पुस्तिका राखी विवरण संकलन गरेमा संम्भावित घटना न्यूनिकरण तथा अपराध अनुसन्धानमा टेवा पुग्ने बताए ।

Advertisement


हालसम्म स्थानीय तहको सहयोग र अन्य स्रोतबाट जडान गरिएका सिसी क्यामेराहरु चालु अवस्थामा रहेको र यसको मर्मत सम्भारका लागि जिल्ला प्रहरी कार्यालय व्यवस्था गरिसकेको जनाए । प्रहरी नायब उपरीक्षक पाण्डेयले जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दावी गरे । उनले चालु वर्ष मुस्ताङमा कुनै पनि संम्भावित दुर्घटना नभएको र प्रहरीले ट्राफिक सचेतना,नागरिक सचेतना र विद्यार्थी सचेतनाका कार्यक्रमलाई निरन्तरता दिईरहेको सुनाए । उनले मुस्ताङमा प्रहरीका १९ वटा ईकाई मध्ये अधिकाँ भवन जीर्ण रहेको र विकट स्थानको जीर्ण भवनमा प्रहरी निकायले नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा योगदान दिईरहेको बताए ।

तपाईको प्रतिक्रिया