सार्दीखोलामा आँखा शिविर

समाधान संवाददाता २०८० फागुन २१ गते ११:५५

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ स्थित सार्दीखोलामा शनिबार आँखा शिविर भएको छ । सार्दीखोला स्वास्थ्य चौमीमा भएको निःशुल्क आँखा परीक्षणमा ३ सय ५० जनाको जाँच गरिएको छ ।


सार्दिखोला बचत तथा ऋण सहकारी तथा नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोग थियो । सार्दिखोला बचत तथा ऋण सहकारीका उपध्यक्ष गिरिधारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गणेश आचार्यले पहिलो सेवाग्राही रणबहादुर गुरुङलाई उपचार फारम हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे ।


आचार्यले सार्दिखोला सहकारीले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतका कार्यक्रम गरी स्थानीयको हितलाई ध्यान दिएको जनाए । उनले वडाका विकास लागि स्थानीय सरकार योजनावद्ध रुपमा लागेको उल्लेख गरे । कार्यक्रममा सपनाकुमारी गुरुङ, रामप्रसाद आचार्य लगायतले बोलेका थिए ।

Advertisement


शिविरमा जाँच गराएकामध्ये १ सय ८९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । तीमध्ये १५ जनामा मोतिविन्दु भेटिएको छ । उनीहरुलाई दुवै आयोजक संस्थाको पहलमा यथाशीघ्र शल्यक्रियाको व्यवस्था गरिने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया