मोटोपना स्वास्थ्यको प्राथमिकताको विषय

समाधान संवाददाता २०८० फागुन २२ गते ९:३०

पोखरा ।
विश्व मोटोपन दिवस २०२४को अवसरमा विद्याज डाइट एण्ड फिटनेस सेन्टर नयाँबजारले आइतबार मोटोपना सचेतना सम्बन्धी अन्तक्र्रिया गरेको छ ।


कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा वसन्त ताम्राकार, पेट, कलेजो र ग्याष्ट्रिक रोग विशेषज्ञ डा सुवास भट्टराई, वरिष्ठ फिजियोथेरापिष्ट डा खड्गसिंह गुरुङ र वरिष्ठ आहार परामर्शदाता श्रीविद्याआर कायस्थ लगायत विषयविज्ञले सहजीकरण गरेको संस्थाका अध्यक्ष सरोज कायस्थले जानकारी दिए ।


समारोहमा मणिपाल कलेज अफ नर्सिङ अफ साइन्सका प्राध्यापक नम्रता थापा पौडेलले मध्यस्तता गरेकी थिइन् । कार्यक्रममा डा ताम्राकारले नियमित शारिरिक अभ्यास तथा सन्तुलित आहारविहारमा ध्यान नदिँदा मोटोपना समस्याको रुपमा बढेको बताए । उनले पश्चिमा मुलुकका जनता मोटोपनाको बारेमा सचेत भएको जानकारी दिए ।

Advertisement


डा गुरुङले खाना धेरै र शारीरिक अभ्यास कमी भए मोटोपना हुने जानकारी दिए । ‘मोटोपना पनि एक प्रकारको रोग हो । त्यसैले स्वास्थ्यको प्राथमिताको विषय बन्न पर्छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको समस्याको रुपमा देखिएको मोटोपनाको बारेमा सचेतना आवश्यक छ ।’


डा भट्टराईले विश्व स्वास्थ्य संगठनले जनसंख्याको १६ प्रतिशतमा मोटोपनाको समस्या रहेको औंल्याएको जानकारी दिए । उनले २० वर्ष मुनिका बालबालिकामा समेत मोटोपनाको समस्या देखिएको उल्लेख गरे ।

Advertisement


कार्यक्रममा डा नवराज पौडेल, आहार परामर्शदाता कायस्थ, विद्याज डाइट एण्ड फिटनेस सेन्टरका संरक्षक क्षेत्रलाल कायस्थ, लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष शर्मिला श्रेष्ठ, पश्चिमाञ्चल माध्यमिक विद्यालयका सञ्चालक मीनु कुँवर श्रेष्ठ, नागरिक समाजका कृष्णप्रसाद बराल, विद्यार्थी आरती कुँवर लगायतले पछिल्लो समयमा समस्याको रुपमा बढ्दै गएको मोटोपनाको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया