प्राथमिक उपचार तालिम

समाधान संवाददाता २०८० फागुन २४ गते १२:५१

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको व्यवस्थापनमा वडा नम्बर १५ भित्रका माध्यमिक विद्यालयका कक्षा ९ र १०का विद्यार्थीलाई प्राथमिक उपचार सेवा तालिम दिइएको छ ।


पोखरा महानगरपालिका वडा नम्बर १५ वडा कार्यालयको आयोजनामा भएको दुई दिने तालिममा १३ विद्यालयका २६ विद्यार्थीको सहभागिता रहेको पोखरा १५ उपशाखाका सभापति कमलप्रसाद पौडेलले जानकारी दिए । तालिममा रेडक्रस सोसाइटी कास्कीका प्रशिक्षक गणेश भण्डारी र सूर्यप्रसाद तिमिल्सिनाले सहजीकरण गरेका छन् ।


पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले वडा कार्यालयले विद्यार्थी तथा बाल बालिकालाई केन्द्रीत गरेर कार्यक्रम ल्याएको जानकारी दिए । उनले युवा लक्षित कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने उल्लेख गरे ।

Advertisement


कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका कार्यसमिति सदस्य तथा जुनियर तथा युवा सर्कल संयोजक रमेशराज भण्डारीले जुनियर तथा युवा सर्कलको माध्यमबाट रेडक्रसले विद्यालय स्तरमा गतिविधि गरेको बताए ।

पोखरा १५ का वडा सदस्य बलराम पौडेल, पोखरा १५ उपशाखाका उपसभापति गीता भण्डारी, सचिव शिव भण्डारी, शाखाका सदस्य शर्मिला पौडेल, सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापा, सहभागीहरु सुमित केसी र अंशु पौडेलले प्राथमिक उपचार तालिमको महत्वबारे बोलेका थिए । तालिमका सहभागी प्रथम र द्वितीय घोषणा गरी पुरस्कार प्रदान गर्नुका साथै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया