घरपझोङको १३ औं हिउँदे अधिवेशनमा देखियो संसदीय अभ्यास

सुन्दरकुमार थकाली २०८० फागुन २४ गते २१:२०

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले तेह्रौ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका कार्यालय जोमसोमको सभाहलमा बिहिबार आयोजित तेह्रौ गाउँसभा तथा हिउँदे अधिवेशन गरिएको हो । अधिवेशनमा चालु आर्थिक वर्षको विभिन्न ऐन तथा नियमावली सर्वसम्मतले पारित गरेको हो ।

गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकामा रहेका पुराना भवनहरुको अभिलेखिकरण म्याद थप सम्वन्धि प्रस्ताव,आर्थिक वर्ष २०७९÷०८० को नियमित गर्नुपर्ने बेरुजु फछ्यौट सम्वन्धि प्रस्ताव,आर्थिक ऐन २०८० संशोधन सम्वन्धि प्रस्ताव,गाउँपालिका संगठन तथा व्यवस्थापन सर्वेक्षण संशोधन सम्वन्धि प्रस्ताव,सार्वजनिक खरिद विधेयक २०८० सम्वन्धि प्रस्ताव ,विनियोजन ऐन २०८० संशोधन सम्वन्धि प्रस्ताव र खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सम्वन्धि प्रस्ताव संम्वन्धि ऐन तथा नियमावली सर्वसम्मत गाउँसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । घरपझोङ गाउँपालिकाको सार्वजनिक खरिद नियामवली, २०८० पनि पारित भएको हो।

घरपझोङ गाउँपालिकाको गाउँसभा तथा हिउँदे अधिवेशनमा विभिन्न विषयत समितिमा रहेका संयोजकहरुले पेश गरेका प्रस्तावहरुलाई गाउँ सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामा विषयगत समितिका संयोजकहरु फलेन्द्र प्रसाद थकाली, मनबहादुर हिराचन, यामप्रसाद थकाली,आसबहादुर थकाली, उपाध्यक्ष जमुना थापामगर र प्रदिप थकाली लगायतले प्रस्ताव पेश गरेका थिए ।

Advertisement

यसैगरी लेखा समितिको प्रतिवेदन,न्यायिक समितिको प्रतिवेदन,सामाजिक विकास समितिको प्रतिवेदन,वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन र अनुगमन समितिको प्रतिवेदन गाउँसभा समितिको संयोजक जैकला विक,कृष्णप्रसाद थकाली र उपाध्यक्ष जमुना थकालीले गाउँसभा अधिवेशनमा प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले तेह्रौ गाउँसभाको हिउँदे अधिवेशनलाई नेतृत्व गर्दै सभा संञ्चालन गरेका थिए । सभाका अध्यक्ष लालचनले विषयगत समितिका संयोजकहरुलाई ऐन प्रस्ताव र प्रतिवेदन प्रस्तुत गर्न अनुमती दिईएको थियो ।

Advertisement

गाउँसभामा आर्थिक वर्ष २०७९÷०८० को बेरुजु फछ्यौट हुन बाँकी विभिन्न शिषकका १ करोड २८ लाख बेरुजु नियमित गर्ने प्रस्ताव पेश गरिएको थियो । गाउँपालिकाले सैद्धान्तिक,असुलउपर र नियमिततर्फ हुने मलेपको बेरुजु र त्यसको नियमित गर्ने आधार सहितको प्रस्ताव प्रतिवेदन गाउँसभामा सावजनिक गरिएको छ ।गाउँसभामा चालु वर्षमा कर्मचारी पदपूर्ती तथा व्यवस्थापन संम्वन्धि प्रस्ताव र चालु आर्थिक वर्षमा राजश्वक संकलन भएको विवरण प्रस्तुत गरिएको छ । गाउँपालिकाले चालु वर्ष प्रक्षेपण गरेको राजश्व अनुमान ९० लाख १० हजारमा ३१ लाख ४३ हजार अर्थात ३४ दशमलव ८९ प्रतिशत राजश्व संकलन गरेको जनाईएको छ ।

घरपझोङको गाउँसभाले चालु आर्थिक वर्षका लागि कर तथा गैर करहरुका दरहरु संशोधन थप गर्ने निर्णय गरेको छ । जसमा गाउँपालिका मार्फत सिफारिस दस्तुर, प्राकृतिक श्रोतसाधनको उपयोग दस्तुर,डोजर संञ्चालन अनुमती सिफारिस,विपद् जोखिम न्यूनिकरणक लागि प्राकृतिक श्रोतको उत्खनन् तथा संकलन दस्तुर,उपकरण प्रयोग वापतको दस्तुर,जरिवाना दस्तुर लगायत विभिन्न २४ वटा शिर्षकमा आन्तरिक करको दायरालाई फराकिलो बनाएको छ ।

घरपझोङ गाउँपालिकाको तेह्रौ गाउँसभा तथा हिउँदे अधिवेशनमा चालु आर्थिक वर्ष २०८०÷०८१को वार्षिक प्रगती विवरणको समिक्षा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले चालु आर्थिक वर्ष २०८०÷०८१को माघ मशान्तसम्ममा गाउँपालिकाले कुल बजेट ३० प्रतिशत मात्र बजेट खर्च गरेको बताए । गाउँपालिकाको २८ करोड ५ लाख बजेटमा ८करोड १९ लाख बजेट खर्च भएको उनले सुनाए ।

गाउँपालिकाको चालुतर्फ १९ करोड ७० लाख बजेटमा ७ करोड २ लाख अर्थात ३५ प्रतिशत बजेट खर्च भएको हो । पुजिगततर्फ ८ करोड ३४ लाख मध्ये १ करोड १७ लाख अर्थात १४ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको हो ।

घरपझोङ गाउँसभाले आर्थिक वर्ष २०७९÷०८० मा खर्च हुन नसकेर बैंकमा मौज्याद रहेको २ करोड ८० लाख बजेट समेत चालु वर्षको बजेटमा समावेश गरेको छ । गाउँ पालिकाले उक्त बजेटलाई चालु वर्षको बजेटमा जोड्दै विभिन्न शिर्षकका योजनामा खर्च गर्ने बताईएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया