सुदूरपश्चिममा सत्ता जोगाउने खेल

नागरिक उन्मुक्तिका ७ सांसद मध्ये ५ जना मन्त्री ! र पनि सरकार अझै संकटमा

समाधान संवाददाता २०८० फागुन २८ गते १५:२३

पोखरा ।

सुदुरपश्चिम प्रदेश सरकार जोगाउन मुख्यमन्त्री कमलबहादुर शाहले लगातार मन्त्री थपिरहेका छन् । श्रोतका अनुसार आज पनि उनले मन्त्री मण्डल बिस्तार गर्दै छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता नलेओस् भन्नका लागि उसका सबै सांसदलाई पद दिएर खुशी बनाउने योजना बनाएका छन् ।

Advertisement

प्रदेश सभामा जम्मा ७ सांसद रहेका नाउपाबाट अहिलेसम्म ४ जनाले प्रदेश सरकारमा मन्त्री नियुक्त भैसकेका छन् भने आजै साेही पार्टीबाट थप १ जनालाई मन्त्रीकाे सपथ खुवाउने तयारी भएकाे छ । नाउपा स्रोतकाअनुसार प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी छ । यिनले सपथ खाएपछि नाउपबाट मन्त्रीकाे संख्या ५ हुनेछ ।

नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने स्रोतको भनाइ छ । यति बेला नाउपामा प्रदेश सरकारलाई समर्थन गर्ने र नगर्नेमा संरक्षक लक्ष्मण चाैधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच विवाद छ ।

Advertisement

रन्जिता नयाँ गठबन्धनलाई समर्थन गरेर संघीय सरकारमा सहभागी हुन चाहेकी छन् भने लक्ष्मणले नयाँ गठबन्धनलाई साथ नदिन कम्मर कसेर लागेका छन् ।

७ सदस्यीय प्रदेश सभामा पार्टी अध्यक्ष रन्जिताले खेलेर कांग्रेस सांसद शाहीलाई मुख्यमन्त्रीमा समर्थन नदिने कुरामा बहुमत पुर्याउलान भन्ने डरले रन्जिता निकट रहेका लक्ष्मण किशाेर चाैधरीलाई पनि मन्त्री नियुक्त गर्न लागिएकाे श्रोतले बतायाे ।

मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् ।

यति गर्दा पनि शाह सरकारको संकट अझै टरेको छैन् । ५२ सदस्यीय सुदुरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । सभामा कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । मुख्यमन्त्री शाहले एक सांसद रहेको राप्रपा र १ जना स्वतन्त्र सांसदलाई फकाउने प्रयास गरिरहेका छन् ।

 स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी बहुमत पुग्ने परिस्थिति भएमा मन्त्री पद लिएर सरकारमा जान तयार छन् । उनलाई मुख्यमन्त्रीले अहिले पनि सपथ खान बाेलाइरेकाा छन् । तर राप्रपाले समर्थन दिने निधो नभएका कारण जाेशीले सपथ खाएका छैनन् ।

राप्रपाका सांसद खिमाकुमारी बिष्ट भने केन्द्रको निर्देशन अनुसार गर्ने भन्दै सरकारको समर्थनमा खुलेकी छैनन् । यदी राप्रपाले पनि समर्थन जनाएमा मुख्यमन्त्रीले बिष्टलाई पनि मन्त्री बनाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया