गण्डकीसहित ३ प्रदेशका प्रमुख पदमुक्त

समाधान संवाददाता २०८० फागुन २८ गते १८:४०

सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमबारकै बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुख पदमुक्त भएका हुन् ।

गण्डकीमा पृथ्वीमान गुरूङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेशमा छन्।

Advertisement

रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

उनले प्रदेश सरकार र केन्द्र सरकारबीच आवश्यक समन्वय गर्नका लागि प्रदेश प्रमुख पदमुक्त गरी नयाँ नियुक्तका लागि सिफारिस गरिएको बताइन‍्। नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया