मुस्ताङको थासाङ क्षेत्र ९० अंग जोड्दै तोरन्ल गोल्डकप च्याम्पियन

समाधान संवाददाता २०८० चैत ३ गते १५:५२

जोमसोम—मुस्ताङको थासाङ क्षेत्र १२ औं तोरन्ल गोल्डकप (तारा)खेलको च्याम्पियन बनेको छ ।मुस्ताङको थासाङ गाउँपालिका—४ स्थित घाँसामा आयोजित १२ औं तोरन्ल गोल्डकप प्रतियोगितामा थासाङले निर्धारित ११ डोरको १३२ पूर्णाङ्कमा सर्वाधिक अक बटुल्दै च्याम्पिन बनेको हो ।
परम्परागत रुपमा खेलिने सादा धनुषवाण प्रयोग गरि ३ दिनसम्म खेलाईएको गोल्डकप प्रतियोगितामा बाग्लुङको बुर्तिबाङ क्षेत्र टिमलाई १ अंकले पछि पार्दै थासाङ क्षेत्रले गोल्डकप उपाधि सुरक्षित गरेको हो । मुस्ताङको थासाङ क्षेत्रले ९० अकं जोड्दै च्याम्पियन बनेको खेल संयोजक सोमप्रसाद तुलाचनले जानकारी दिए । निकै प्रतिस्पर्धातमक खेलमा उपविजेतामै चित्त बुझाएको बाग्लुङको बुर्तिबाङ क्षेत्र टिमले ८९ अंक प्राप्त गरेको थियो ।
यसैगरी १२ औ तोरन्ल गोल्डकप (तारा)खेलमा म्याग्दीको दरबाङ क्षेत्रले तृतिय स्थान हासिल गरेको छ । दरबाङ क्षेत्रले कुल १३२ पूर्णाङ्कमा ८५ अंक बनाएको थियो ।
मुस्ताङको थासाङ क्षेत्र उपाधि च्याम्पियन बनेसंगै नगद १ लाखसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाएको छ । च्याम्पियनले प्राप्त गर्ने शील्डमा ५ तोलाको सुन छ ।
१ अंकलेपछि पर्दै उपविजेतामै चित्त बुझाएको बाग्लुङको बुर्तिबाङ क्षेत्र टिमले नगद ५० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र हात पारको छ । तेस्रो स्थान सुरक्षित गरेको म्याग्दीको दरबाङले नगद २५ हजारसहित ,मेडल,ट्रफी र प्रमाणपत्र पायो ।
थकाली चारचन समुदाय अन्तर्गत नेपालका विभिन्न स्थानका कुल १९ क्षेत्र र विदेशका ३ क्षेत्र मध्ये २ टिमको कुल २९ टिम सहभागी रहेको तोरन्ल गोल्डकपमा २०३ जना तारा खेलाडीले प्रतिस्पर्धा गरेको खेल संयोजक तुलाचनले जानकारी दिए । प्रतियोगिताको २९ टिम मध्ये सबै भन्दा अनुशासित टिम पोखरा क्षेत्र भएको छ । पोखराले खेल अवधिभर अनुशासित भई खेल प्रर्दशन गरेकाले अनुशासित टिम घोषणा गरिएको हो । अनुशासित टिम बनेसंगै पोखराले मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।
१२ औं तोरन्ल गोल्डकपको सर्वोउत्कृष्ट धनुधर मुस्ताङको थासाङ क्षेत्रका खेलाडी विश्वाश तुलाचन बनेका छन् । उनले व्यक्तिगत कुल २२ पटक धसा प्रहारर गर्दा १९ अंकको योगदान दिएका थिए । प्रतियोगिताका सर्वोउत्कृष्ट धनुधर बनेसंगै थासाङ क्षेत्रका खेलाडी तुलाचनले नगद ७ हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र हात पारे ।
१२ औं संस्करणको तोरन्ल गोल्डकपको उपाधि च्याम्पियन, उपविजेता र अन्य बिजेता खेलाडीहरुलाई थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचन,थकाली सेवा समिति नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र तुलाचन र खेल संयोजक सोमप्रसाद तुलाचन लगायतले नगद पुरस्कारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे ।
थकाली समुदायको महानपर्व तोरन्लको पूर्व सन्ध्यामा थकाली सेवा समिति नेपाल (केन्द्र)ले मुस्ताङमा तोरन्ल गोल्डकप आयोजना गरेको अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिए । संस्थाले थकालीहरुको महानपर्व तोरन्लको अवसरमा धर्मसंस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्दै पर्वसंग जोडिएको धनुषवाण (तारा)खेल प्रतियोगिता आयोजना गरेको उनले बताए । उनले प्रत्येक ३—३ वर्षको फेरोमा थकाली सेवा समिति नेपाल(केन्द्र)ले यसप्रकारको प्रतियोगिता संञ्चालन गर्दैआईरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया