पोखरा फाइनान्सको रक्तदान

समाधान संवाददाता २०८० चैत ४ गते १३:५१

पोखरा ।
पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान आयोजना गर्‍यो । कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।


०५३ देखि बैंकिङ कारोबार सुरू गरेको पोखरा फाइनान्स लिमिटेडको प्रधान कार्यालय न्युरोड पोखरामा छ । फाइनान्सले ग्राहकलाई आधुनिक प्रविधियुक्त बैकिङ सुविधासहितका सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पुँजी १ अर्ब ५० करोड र जारी तथा चुक्ता पुँजी १ अर्ब ८ करोड छ ।


वित्तीय संस्थाका २४ शाखा सञ्जाल, १ एक्स्टेन्सन काउन्टर र ४ एटिएम सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए । अढाइ दशकको यात्रामा सहयोग गर्ने सबैप्रति फाइनान्सका अध्यक्ष राजकुमार गुरूङले कृतज्ञता व्यक्त गरेका छन् । उनले आगामी दिनमा समेत छिटो, छरितो, सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्ने प्रण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया