चौथौं पटक मनाङे मन्त्री, यस्ता छ मन्त्रिपरिषद्

समाधान संवाददाता २०८० चैत ५ गते १४:२२

समाधान संवाददाता
पोखरा, ५ चैत


१ सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री
२ महेन्द्र ध्वज जिसी—कृषि तथा भूमि व्यवस्था तथा सामाजिक विकास मन्त्री
३ सरस्वती अर्याल, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
५ राजीव गुरुङ उर्फ दीपक मनाङ— भौतिक पूर्वाधार विकास मन्त्री
६ जीतप्रकाश आले, आर्थिक मामिला मन्त्री
७ दीपेन्द्रबहादुर थापा, उद्योग, पर्यटन र वन मन्त्री


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन सोमबार मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेले आफूलाई स्वतन्त्र भन्ने मनाङेसहितका सांसदलाई समेटेर मन्त्रिपरिषद् पुर्न गठन गरेका हुन् । मनाङे चाै‌थाै पटक मन्त्री बनेका हुन् ।

Advertisement


नवनियुक्त मन्त्री मनाङेको सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम तय भएको छ । मन्त्री मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुर्नगठन गरेका हुन् ।


मुख्यमन्त्री पाण्डेले मन्त्री महेन्द्रध्वज जिसीलाई अर्को मन्त्रालयको जिम्मेवारी समेत थप गरेका छन् । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मवारी दिएकोमा सोमबार मन्त्रालय पुर्नगठन गरेर जिसीलाई थप सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यो सँगै जिसीलाई दुई मन्त्रालयको जिम्मेवारी दिएका छ ।

Advertisement

तपाईको प्रतिक्रिया