किसानलाई अदुवाको बिउ वितरण

समाधान संवाददाता २०८० चैत ६ गते ११:४६

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिलिंगे कृषि उत्पादक सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई आयआर्जनमा जोड्नका लागि अदुवाको बिउ वितरण गरेको छ । अदुवालाई आफैंले उत्पादन गर्ने र धेरै जग्गा हुनेलाई व्यावसायिक उत्पापनमा सहयोग गर्न ५० प्रतिशत अनुदानमा अदुवाको बिउ वितरण गरिएको हो ।


सहकारीले सेयर सदस्यलाई कृषिमा व्यावसायिक बनाउका लागि सिजन अनुसारको बिउ बिजन वितरण गर्दै अएको छ । कृषि ज्ञान केन्द्र कास्कीको प्राविधिक तथा आर्थिक सहयोगमा मसला बालीको प्रर्वद्धन कार्यक्रम अन्तर्गत करिब २ सय ५० किसानलाई लागि ५० प्रतिशत अनुदानमा १ हजार ३ सय केजी अदुवा वितरण गरिएको छ ।


कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देलले प्राप्त गरेको बिउ सही तरिकाले लगाएर उत्पादन लिनका लागि अनुरोध गरे । पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने र यसमा बाँदरबाट पनि कम क्षति हुने सुनाए । संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मुरारी शर्मा, निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराई, कृषि प्रर्वद्धन उपसमितिका संयोजक सूर्यप्रसाद बञ्जरा लगायतले अदुवाको उत्पादन बढाएर आयआर्जन गर्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया