सिजीले ल्यायो केन्टका आकर्षक पंखाहरू बजारमा

सस्तो र गुणस्तरीय छन्, लो भोल्टमा पनि चल्छन्, २ वर्षसम्मको ग्यारेन्टी छ, सर्भिसिङ सेन्टर ७७ जिल्लामै छन्

समाधान संवाददाता २०८० चैत ९ गते १६:४७

पोखरा ।
गर्मी मौसमलाई मध्यनजर गर्दै इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै केन्ट ब्रान्डका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ । फरकफरक प्रकारका उपभोक्ताहरुलाई मध्यनजर गरी सिजीले फरक फरक किसिमका पंखाहरु ल्याएको हो ।
ती पंखाहरुमा सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, टेबुल फ्यान, वालफ्यान, एडजस्ट फ्यान र रिचार्जऐबल फ्यानहरू छन् ।

आवश्यकता अनुरुप उपभोक्ताहरुले छानीछानी नजिकको डिलरबाट खरिद गर्न सकिने सिजीका सहायक म्यानेजर मदन खनालले जानाकारी दिए ।


हेर्दा निकै नै आकर्षक देखिने यी पंखाहरुमा नयाँ नयाँ विशेषताका साथै विभिन्न साइजमा पनि उपलब्ध छन् । सिलिङ फ्यान को खरिदमा २४ महिनाको वारेन्टी पाउनुका साथै रिमोट पनि उपलब्ध रहने तथा फ्यानहरु २४ इन्च देखि ४८ इन्च सम्म उपलब्ध हुने खनालले बताए । उनका अनुसार एडजस्टटेबल फ्यान ६ देखि ८ इन्चसम्म उपलब्ध छन् । बिएलडिसीका पंखाहरु २८ भोल्टमा चल्न सक्छन् ।

Advertisement


‘अरु कम्पनीका पंखाभन्दा सस्तो र गुणस्तरीय छन्, लो भोल्टमा पनि चल्छन्, २ वर्षसम्मको ग्यारेन्टी छ, सर्भिसिङ सेन्टर ७७ जिल्लामै छन्, साथै सामान खरिद गर्न पनि सहज छ,’ उनले भने ।


त्यस्तै स्ट्यान्ड फ्यान मा १२ महिनाको वारेण्टी र विभिन्न आकर्षक स्वरुपका मोडलहरुमा पनि पाइनेछ । स्ट्याण्ड फ्यानमै सिजीले बत्ति नभएको बेलामा समेत चलाउन मिल्ने रिचार्जएबल पंखाहरु पनि ल्याएको छ । यी फ्यानहरुमा १२ महिनाको वारेण्टी र आकर्षक रङहरुमा उपलब्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया