२२७ को दाँत परीक्षण

समाधान संवाददाता २०८० चैत ११ गते ११:३२

पोखरा ।
रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा विष्णु पादुका क्लबको सहआयोजनामा पोखरा २५ हेमजामा शनिबार निःशुल्क दन्त शिविर भएको छ । सिद्धार्थ डेन्टल एन्ड स्किन केयर प्रालिको प्राविधिक सहयोग तथा वडा नं. २५ वडा कार्यालयको समन्वय भएको कार्यक्रममा २ सय २७ जनाको दाँत परीक्षण गरिएको हो ।


क्लबका अध्यक्ष विशाल बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष टोयबहादुर भट्टराई, विष्णु पादुका माविका अध्यक्ष कृष्णबहादुर नेपाली, डा पवन पाठक, कार्यक्रम संयोजक विकल थापा, उपाध्यक्ष प्रकाश पौडेल रसचिव राज पौडेलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया