खेलकुदका कार्यक्रम पट्यार लाग्दो नगर्न निर्देशन

समाधान संवाददाता २०८० चैत १३ गते १२:४१

पोखरा ।
गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरुको उदघाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुने गरी सञ्चालन नगर्न प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ ।


परिषदले ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताहरुको पटयार लाग्दा भाषणहरु छोट्याउन आग्रह गरिएको हो । खेलकुदका उदघाटन तथा समापन कार्यक्रमहरुलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्न परिषदका सदस्य सचिव श्रीधर शर्माद्वारा हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादिन बनाउन तथा विदेशबाट आयातीत माला÷फूलको प्रयोग नगर्नसमेत् भनिएको छ ।


कार्यक्रममा प्लास्टिकजन्य तथा वातावरण प्रदूषणजन्य सामग्री, ठूलो ध्वनि आउने साउन्ड सिस्टेम, महँगा तथा प्रयोगमा नआउन खालका मायाको चिनो, खादा तथा दोसल्ला प्रयोग समेत नगर्न भनिएको छ । परिषदले ती सामग्रीहरुको ठाउँमा स्थानीय उत्पादनलाई टेवा पूग्ने गरी सामाग्रीहरुको प्रयोग गर्न र स्थानीय उद्योगहरुलाई प्रोत्सहान हुने गरी सामग्रीहरु प्रयोगमा ल्याउन पत्रमा भनिएको छ ।

Advertisement


खेलक्षेत्रलाई अनुशासित, मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिहरु, खेल संघसंस्थाहरु, क्लबहरु र सरोकारवालाहरुसँग अन्तक्रिया तथा छलफल गरी यथाशीघ्र सो बारे धारणा परिषदमा पठाउनसमेत भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया