एमाले कास्कीकाे मतदान सकियाे, केही बेरमै नतिजा आउने

समाधान संवाददाता २०८० चैत १४ गते १५:५२

पाेखरा ।

नयाँ जिल्ला नेतृत्व चुन्न भइरहेको नेकपा एमाले कास्कीको अधिवेशनमा भएकाे मतदान सकिएकाे छ । ९ सय १४ जनाले मतदान गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतपरिणाम आजै २ घण्टाभित्रै आउने कार्यालयले बताएकाे छ ।

 १६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाे थियाे । मतगणना पनि मेसिनबाटै गरिनेछ । मंगलबार साँझ साढे ७ बजेदेखि सुरु भएकाे मतदान बुधबार साढे ३ बजेपछि सकिएकाे हाे ।

Advertisement

एमाले कास्कीको अध्यक्ष बन्न बैनबहादुर अधिकारी र माधव बास्तोला प्यानललै बनाएर प्रतिस्पर्धामा छन् । विवेक त्रिपाठी पनि अध्यक्षका अर्का उम्मेदवार हुन् ।

माधब बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकले उम्मेदवारी दिएका छन् । बैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ ९दर्शन लामा०, उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियार छन् । उपसचिवमै प्यानलबाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया