चण्डीकालिकामा आँखा शिविर

समाधान संवाददाता २०८० चैत १५ गते १३:००

पोखरा ।
लायन्स क्लब अफ सहमी पोखरा राइजिङ स्टारको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १४ चण्डीकालिकाको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर भएको छ । हिमालय आँखा अस्पताल पोखराको सहयोगमा मंगलबार निशुल्क आँखा शिविर आयोजना गरिएको क्लबका अध्यक्ष केशव ढकालले जानकारी दिए ।


शिविर प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले सुरुआत गरे । क्लब अध्यक्ष ढकालले शिविरमा ३ सय ३० जनाले आँखा जाँच गराएको जानकारी दिए । तीमध्ये ७० जनालाई चस्मा र १४ जनालाई औषधी वितरण गरिएको छ । १ जनालाई मोतियाविन्दुको शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया