नेत्रहीन संघको सिपमूलक तालिम

समाधान संवाददाता २०८० चैत १६ गते ११:३४

लेखनाथ ।

कास्की नेत्रहीन संघले अपांगता भएका व्यक्तिको जीवनयापनमा सहयोग पुग्ने गरी १५ दिने सिपमूलक तालिम प्रदान गरेको छ । सामाजिक विकास कार्यालय कास्कीको प्राविधिक सहयोग चैत १ गते देखि सञ्चालित तालिममा सहभागी ३२ जनालाई मुडा, कुचो, नाम्लो, सिंके झाडु र डोको बनाउने तालिम प्रदान गरिएको हो ।


शारीरिक रुपमा कमजोर भएका व्यक्तिहरुको आय आर्जनमा सहयोग पुग्ने गरी पोखरा महानगरपालिका वडा नं १४ र २६ देखि ३२ सम्मका शारीरिक अपांगता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनस्थापना कार्यक्रममार्फत तालिम प्रदान गरिएको हो ।

Advertisement


तालिम समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले तालिममा सिकेका कुरालाई वास्तविक जीवनमा उतारेर आफनो जीवनयापनका लागि केही नै गरेर देखाउन आग्रह गरेका थिए ।


नेत्रहीन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल, तालिमका प्रशिक्षक विष्णुप्रसाद अधिकारी, सहभागीहरुको तर्फबाट विपीन सुनार र फूलमाया गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर उत्पादित वस्तुको बजारीकरणका लागि राज्य तहले ध्यान दिनुपर्ने सुझाव राखेका थिए ।

Advertisement

नेत्रहीन संघ कास्कीका सचिव सुशील गोदारले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनीता ज्ञवालीले कार्यक्रमको उद्देश्य र उपयोगिताका बारेमा जानकारी गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया