कालिका गणमा रक्तदान

समाधान संवाददाता २०८० चैत १९ गते १६:२३

पोखरा ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा गणमा कार्यरत ६६ जना सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुले रक्तदान गरेका छन् ।

कार्यक्रममा संकलित ६६ युनिट रगत नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा पोखरालाई हस्तान्तरण गरिएको थियो ।


गणले १९ औँ स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरुसँग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षरोपण र रक्तदान गरी सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

Advertisement

कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको युनिटका रुपमा समेत चिनिने गरिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया