पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन माग

समाधान संवाददाता २०८० चैत २१ गते १०:१६

काठमाडौं ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।


बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् ।


सांसद भट्टराईले पोखरामा ४ सय होटलहरूको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडक अन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन् ।

Advertisement

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुशीला सिर्पाली ठकुरीले जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपदका कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन माग गरिन् ।


एमालेका सांसद रेखा यादवले दलित बालिबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्न माग गरिन् । जनमत पार्टीका सांसद अब्दुल खाँनले इद उल फित्रका दिन त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेकामा असन्तुष्टि जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया