गण्डकीमा सत्ताकाे खेल

दीपक मनाङे: बाठो बन्दा १५ दिनमै चिप्लिए

समाधान संवाददाता २०८० चैत २१ गते १२:२८

पाेखरा ।

चैत्र ५ गते अपरान्ह, भाैतिक पूर्वाधार तथा यायाता व्यवस्था मन्त्रीकाे सपथ लगत्तै राजीव गुरुङ उर्फ दीपक मनाङेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए–अब मैले पनि ४ वर्ष राजनीति गर्छु ।

उनको यो भनाईकाे भित्री अर्थ ठूलो छ । स्वतन्त्र चुनाव लड्नु, सांसद बन्नु, पार्टी प्रवेश गर्नु जस्ता गतिविधिलाई उनले राजनीति नै मानेका थिएनन् । उनकाे भनाईको अर्थ यो हो कि, सरकारमा जानु मन्त्री बन्नु, मन्त्रालय पनि राेजेकाे हात पार्नु र मन्त्री पदमा टिकिरहनुलाई उनले राजनीति बुझेका छन् । त्यसैले भनेका थिए, अब मै पनि ४ वर्ष राजनीति गर्छु ।

Advertisement

मुख्यमन्त्री सुरेन्द्र पाण्डे र उनको टिमले मनाङेलाई यसरी कन्भिन्स गरेको थिए कि यदि मनाङेले साथ दिए भने याे सरकार पुरै ४ वर्ष टिक्छ । २७ सांसद भएकाे कांग्रेसलाई मनाङेले यत्तिकै विश्वास गरेका हाेइनन् । पाण्डे र उनकाे टिमले राप्रपा मात्र नभएर माओवादीकाे चुनाव चिन्हबाट चुनाव जितेका बाबुराम भट्टराई पक्षीय सांसद फडिन्द्र देवकाेटाले साथ दिने पक्का पक्की भएकाे कुरामा मनाङेलाई विश्वा दिलाए ।

यसो हुँदा पनि पाण्डेको पक्षमा जम्मा ३० सांसद हुन्थे । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ भन्ने मनाङेलाई राम्रो थाहा थियो । त्यसैले सर्त राखे भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय । कसै गरी सरकार जोगाउन सकिन्छ भन्ने सोचेका मुख्यमन्त्री पाण्डेले पनि जुवा खेले र मनाङेको सर्त स्वीकार गरे ।

Advertisement

भाैतिक पूर्वाधार मन्त्रालय प्रदेश सरकारकाे सबै भन्दा रोजाईको मन्त्रालय हो । यही मन्त्रालयको मन्त्रीका रुपमा सपथ खाएपछि मनाङले अब ४ वर्ष गण्डकीकाे राजनीति आफ्नै वरिपरी घुम्ने कुरामा ढुक्क थिए । राप्रपा सत्ता समीकरणका मुख्य घटक एमाले र माओवादीसँग रिसाएकाे छ भन्ने बुझाइमा रहेका मनाङेले राप्रपा र माओवादीले पनि आफू बिना सरकार बनाउनै नसक्नेमा विश्वस्त थिए । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसद गर्दा ३० हुने र याे गठबन्धनमा पनि आफू निर्णायक नै रहने उनकाे विश्वास थियो । त्यसैले भनेका हुन्–अब मैले पनि ४ वर्ष राजनीति गर्छु ।

तर मुख्यमन्त्री पाण्डे र संघमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राप्रपालाई फकाउन सकेनन् । अनेकन प्रयास गर्दा पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल कांग्रेससँग सहकार्य गर्न तयार भएनन् । कांग्रेसलाई साथ दिए पनि बहुमत नपुग्ने देखेपछि राप्रपा पछि हट्नु स्वभाविक हो । राप्रपाको साथ पाएको भए पाण्डे अर्को बाटो हिडेर बहुमत पुराउने योजनामा थिए ।

कुनै पनि दलका नेताले विश्वासकाे मत पाउन नसक्ने अवस्थामा अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार व्यक्तिले मुख्यमन्त्रीकाे दावी गर्ने र व्यक्तिले दावी गर्दा माओवादीका फडिन्द्र देवकोटाले पनि मतदान गर्न पाउने झिनाे आशा पाण्डेको थियाे । मनाङले पनि यही प्रलाेभनमा फसेका थिए । तर राप्रपाले साथ दिने संकेतै गरेन र पाण्डे सरकार ढल्याे ।

अब राप्रपासले साथ दियाे र सरकार बन्यो भने एमालेको नेतृत्वमा बन्छ । त्यति बेला मनाङेकाे आवश्यकता पर्दैन । एमाले, माओवादी र राप्रपा मिल्दा ३२ सांसद हुन्छन् । सभामुख छोडेर पनि ३१ सदस्य भएपछि बहुमत जुटाउन थप कसरत गर्नु परेन । यदि नेकपा एस छोडेको घोषणा नगरेको भए सबै सरकारमा भाग खोज्दै आएका माधवकुमार नेपालले गण्डकी प्रदेश सरकारमा पनि आफ्नाे सहभागिता खाेज्ने थिए । त्यस बखत एमालेबाट मुख्यमन्त्री बन्ने खगराज अधिकारीलाई मनाङेलाई मन्त्री बनाउनै पर्ने बाध्यता आइलाग्थ्याे ।

पार्टी छोडे भन्दै एक्लै गएर सपथ खाएका मनाङेसँग माधव नेपाल पनि रिसाएका छन् । उनी फेरि पार्टी मै सकृय हुन्छु भने पनि माधव नेपालले मन्त्री बनाउन लबिङ गर्छन् भन्न सकिन्न । यसरी अब ४ वर्ष राजनीति गर्छु भन्दै बाठाे बनेका मनाङे १५ दिन मै चिप्लिए । चाैटा खान गएकी बुढी झोलमा डुबेर मरी भने जस्तै भयाे उनलाई ।

तपाईको प्रतिक्रिया