माओवादी केन्द्र कास्की इन्चार्जमा रामजी

समाधान संवाददाता २०८० चैत २२ गते ११:०३

पोखरा ।
नेकपा (माओवादी केन्द्र)कास्की इन्चार्जको जिम्मेवारी रामजी बराल ‘जीवन’ले पाएका छन् । पोखरा २२ का बासिन्दा बराल माओवादी केन्द्रीका केन्द्रीय सदस्य हुन् ।


पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ राजधानी बस्न थालेपछि जीवनले जिम्मेवारी पाएका हुन् । पार्टीका केन्द्रीय सदस्य बराललाई इन्चार्जको जिम्मेवारी दिइएको माओवादी केन्द्र गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले बताए ।


२०४२ सालमा स्कुल इकाइ अध्यक्षबाट राजनीतिक यात्रा थालेका जीवनले ०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए । मशाल, एकता केन्द्र हुँदै ०५३ बाट तत्कालीन नेकपा(माओवादी)को जनयुद्धमा सामेल भई पूर्णकालीन बनेका जीवन गण्डकी प्रदेशसभाको अघिल्लो कार्यकालमा अर्थमन्त्री थिए ।

Advertisement


इलाका सेक्रेटरी, जिल्ला सदस्य हुँदै पर्वत र कास्कीमा पार्टीको नेतृत्व सम्हालेका उनी इमान्दार र सरल नेताका रुपमा चिनिन्छन् । बरालले माओवादी केन्द्रलाई थप शक्तिशाली र प्रभावशाली बनाउने प्रतिवद्धता गरे ।


‘देशभर पार्टी बनाउने अभियान चलिरहेका बेला कास्कीमा समेत माओवादीको संगठन विस्तार गर्दै जनताको सेवकको परिचय दिन्छौं,’ उनी भन्छन्, ‘पहिलो त आन्तरिक पार्टी कमिटी सुव्यवस्थित गर्नु छ । जनताका समस्या उठान गरी समाधानका लागि प्रयत्न गर्दै जनताको सेवक माओवादी हो भन्ने सन्देश दिने छौँ ।’

Advertisement

तपाईको प्रतिक्रिया