देशलाई उच्च स्तरमा लैजान एमालेले नीति बनाएकाे छः अध्यक्ष ओली

समाधान संवाददाता २०८० चैत २३ गते १५:२०

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाललाई उच्च स्तरमा उठाउँदै लाने एमालेले नीति तय गरेको बताएका छन् ।

एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचिन पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा शुक्रबार ओलीले सो कुरा बताएका हुन् ।

‘देश र जनताका समस्या समाधान गर्न, सुशासनलाई फर्काउन हामी सफलतापूर्वक अघि बढेका छौं ।’ ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोरपरार भनेको थिए । जुँगा कालाकाला भएका छन्,’ ओलीले भने ।

Advertisement

साथै अझै २० वर्षजति अरु कसैले नेतृत्वकाे आस नगर्न उनले भने । ‘मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ ।’

एमालेलाई अहिले आराम गर्ने समय नभएकाे उनकाे भनाइ छ । देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै एमालेले चौतारीमा बसेर सुसेरा हाल्ने समय पाउँने ओलीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया