पोखरामा ओलीले सुनाए ‘शिवजी र साँढे’काे कथा

समाधान संवाददाता २०८० चैत २३ गते १६:४६

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार नेकपा एमाले कास्कीको जिल्ला अधिवेशनबाट निर्बाचित कमिटीकाे पद तथा गोपनीयताकाे सपथ ग्रहण समारोहलाई सम्बाेधन गर्दै थिए । सम्बाेधनमा कहिले उखान टुक्का त कहिले रोचक प्रसंग उल्लेख गरेर हसाउने उनको शैली नै छ ।

Advertisement

शुक्रबार पनि सम्बोधनका क्रममा शिवजी र साँढेको कथा सुनाए । उनले सुनाएकाे कथाले पोखरा सभागृह हाँसोले गुञ्जियो । १५ सय क्षमता भएकाे भरिभराउ सभागृहमा कथा सुनेर नहाँस्ने कोही थिएन, शिवाय केपी शर्मा ओली । उनीहरु मुस्कुराएका मात्र थिए ।

Advertisement

यो कथा उनले पार्टीमा सधै भाग मात्र खोज्ने, पद, मन्त्री वा नियुक्ती खान मात्र खोज्ने नेताहरुलाई लक्षित गर्दै सुनाएका थिए । एक चाेटी पद पाएपछि जहिले पनि पद चाहिन्छ भन्ने नेता कार्यकर्तालाई दनक दिने गरी उनले बढो कलात्मक ढंगले कथा सुनाए ।

साँढे शिवजीकाे बाह

न हो । शिव यात्रा गर्दा सधै साँढे चढेरै यात्रा गर्थे । एक दिन शिवजीलाई दया लागेछ । सधै मलाई बोकेर हिड्छ, पेटभर खान पनि पाएको छैन् भनेर मिठो मिठो घाँस भएकाे मैदानमा ३–४ दिन नै चर्न छोडिदिएछन् । साँढे अघाएर टुन्न भएपछि शिव फेरि साँढे माथि चढेर यात्रामा निस्केछन् । अलिकति के हिडेको थियो, टुन्न अघाएकाे साँढेले डिलमा घाँस देख्नासाथ फेरि एक मुख घाँस बुर्क्याएछ । शिवलाई रिस उठेछ र झरेर साँढेको मुखमा एक मुक्का लगाइदिएछन् । साँढेका माथिल्ला दाँत सबै फुस्केछन् । त्यसैले अहिले पनि साँढेका तल्ला दाँत मात्रै पलाउछन्, माथि पट्टी दाँतै हुँदैनन् ।

तपाईको प्रतिक्रिया