खगराजलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुखसँग सुरेन्द्रको भेटघाट रद्द

समाधान संवाददाता २०८० चैत २५ गते १३:२५

पोखरा ।

नेपाली कांग्रेसका संसदीय दलका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसँगको भेटघाट रद्द गरेका छन् ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले ३१ जना सांसदकाे समर्थनसहित सरकार गठनको दावी पेश गरेपछि पाण्डेले दिउसो २ बजेका लागि प्रदेश प्रमुखको समय मागेका थिए ।

Advertisement

उनले प्रदेश प्रमुखलाई भेटेर अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गर्ने तयारी गरेका थिए । तर त्यस अगावै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि पाण्डले भेटघाट रद्द गरेको श्रोतले बतायो ।

अधिकारीलाई मुख्यमन्त्री नियक्त गरेको पत्र बनेको केही समयपछि नेपाली कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापाको नेतृत्वमा गएकाे कांग्रेस सांसदहरुकाे टाेलीले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउदै अधिकारीकाे दावी असंवैधानिक भएकाे जिकिर गरेका थिए । तर अधिकारी त्यसअघि नै मुख्यमन्त्री नियुक्त भैसकेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया