एमाले स्याङ्जाको अध्यक्षमा दोहोरिए पारस

समाधान संवाददाता २०८० चैत २६ गते १०:०६

पोखरा ।

नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए ।

उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएका नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टंकप्रसाद न्यौपानेले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज शपथ खुवाइने छ ।

Advertisement

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया