मनाङे पाँचौंपटक मन्त्री

समाधान संवाददाता २०८० चैत २६ गते १०:१०

पोखरा ।
प्रदेश सरकारमा गठबन्धन फेरबदल भइरहँदा जता सत्ता उतै लाग्ने एकजना पात्र हुन् मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ।

पछिल्लोपटक आइतबार खगराज अधिकारी नेतृत्व सरकारमा विनाविभागीय मन्त्री बन्दा उनले मन्त्रीमा पाएको यो पाँचौं अवसर भएको छ । यसअघि कांग्रेस नेतृत्व सरकारमा पनि उनी मन्त्री थिए । सत्ता जोगाउने कडी बन्न सक्ने ध्याउन्नमा कांग्रेस नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत ५ गते उनलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरे ।


प्रदेश सभाको दोस्रो कार्यकालमा आएर २ पटक मन्त्री बन्न पाएका मनाङे पहिलो कार्यकालका बेला ३ पटक मन्त्री भएका थिए । कहिले एमाले त कहिले कांग्रेसको गठबन्धनमा सामेल हुँदै उनले पटकपटक मन्त्रीको अवसर छोपे । कांग्रेस, एमाले र माओवादीको सत्ता गठबन्धन फेरिरहे पनि उनले अवसर पाइरहे ।

Advertisement


सबैभन्दा सुरुमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई २०७८ वैशाख १६ गते युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए । तर उनलाई नियुक्त गरेको १० औं दिनमै पृथ्वीसुब्बा नेतृत्व सरकार ढलेको थियो । तर लगत्तै वैशाख २९ गते उनी नै प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री बने । त्यति बेला पनि जेठ ९ गते मनाङे फेरि मन्त्री नियुक्त भएका थिए । तर पृथ्वीसुब्बा सरकार महिना दिन पनि टिकेन ।


एमालेविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा माओवादी, जनमोर्चा र जसपाले गठबन्धन गरे । त्यो गठबन्धनलाई मनाङेले साथ दिए । उनको साथले मात्रै त्यो गठबन्धनले संसदमा बहुमत अर्थात ३१ सदस्य पुर्‍याउन सक्यो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली २०७८ जेठ २९ मा मुख्यमन्त्री हुँदा मनाङेलाई मन्त्री बनाए ।

Advertisement

तपाईको प्रतिक्रिया