जिल्ला अस्पतालका ओपिडी ७ बजेबाट खोल्ने निर्णय

समाधान संवाददाता २०८० चैत २६ गते १०:५१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोखरामा आइतबार पोखरामा पदभार ग्रहण गर्दै । । तस्बिर ः हरिप्रसाद बास्तोला /रासस

पोखरा ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको पहिलो क्याबिनेटले तीन वटा निर्णय गरेको छ ।


प्रदेश अन्तर्गतका जिल्ला अस्पतालको सेवा विस्तारदेखि मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोकेको छ । प्रदेशका ११ वटा जिल्लामा सञ्चालित जिल्ला अस्पतालको सेवा विस्तार गर्न बिहान ७ बजेदेखि ओपिडी खोल्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला अस्पतालका ओपिडी १० बजे खुलेर बेलुका ५ बजे बन्द हुँदै आएका थिए । मुख्यमन्त्री अधिकारी नेतृत्वको पहिलो क्याबिनेटले अस्पतालको सेवा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

Advertisement


मन्त्रिपरिषद् बैठकले प्रदेशमा तत्काल आवश्यक ३५ वटा कानुन बनाउने निर्णय पनि गरेको छ । ‘पहिचान गरिएका ३५ वटा कानुनहरुको तर्जुमा प्रक्रियालाई शीघ्रता प्रदान गरिनेछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । बैठकले सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई तोक्ने निर्णय समेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया