१० केजी गाँजासहित पाेखराबाट एक जना पक्राउ

समाधान संवाददाता २०८० चैत २६ गते ११:२४

पोखरा ।
कास्की प्रहरीले शनिबार दिउँसो एक जनालाई करिब १० केजी गाँजासहित पक्राउ गरेको छ । दिउँसो पौने ३ बजेतिर पोखरा २७ तालचोकबाट ९ किलो ८ सय ग्राम गाँजासहित २४ वर्षीय मदन नेपाली पक्राउ परेका हुन् ।


इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले तालचोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको ग१च ५१३२ नम्बरको कारबाट सो परिणामको गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले कारको डिक्कीभित्र प्लाष्टिकमा पोका पारेको गाँजा फेला परेको जानकारी दिए ।


कारका चालक गोरखाको सुलिकोट गाउँपालिका वडा नं. ४ स्थायी घर भई गोरखा नगरपालिका ४ बस्ने नेपालीलाई नियन्त्रणमा लिइएको हो । नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया