फेदीखोलामा चैते दसैं मेला हुने

समाधान संवाददाता २०८० चैत २६ गते १२:४१

पोखरा ।
स्याङ्जाको फेदीखोलामा रामनवमी तथा चैते दसैं मेला हुने भएको छ । हिमशिखर क्लबको आयोजना तथा फेदीखोला गाउँपालिकाको प्रवद्र्धनमा आउँदो बैशाख २ गतेदेखि फेदीखोला रंगशालामा मेला हुने भएको हो ।


४ दिनसम्म चल्ने मेलामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ । मेलाको मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए ।


भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २१ हजार रुपैयाँ र दोस्रो हुने टिमले ८१ हजार पाउने छन् । भेट्रान्सतर्फ प्रथम हुने टिमलाई बोको र दोस्रो हुने टिमलाई कुखुराको भाले दिइने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement


मेलामा ख्यातिप्राप्त लोकदोहोरी कलाकारबाट प्रस्तुति, साँस्कृतिक कार्यक्रम तथा स्थानीय कलाकारको प्रस्तुति रहने छन् । मेला गर्न १२ लाख खर्च हुने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया