रवि लामिछाने विरुद्ध कांग्रेस झनै आक्रामक

गृहमन्त्रीले सहकारी ठगेका थुप्रै प्रमाण छन्, संसदीय छानविन हुनैपर्छ–देउवा

समाधान संवाददाता २०८० चैत २७ गते १२:३८

पोखरा ।

देशका जल्दाबल्दा समस्याका बारेमा पनि निकै कम प्रतिक्रिया दिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भने कडा टिप्पणी गरेका छन् ।

आज सिँह दरबार भएकाे कांग्रेस संसदीय दलको बैठकलाई सम्बाेधन गर्दै सभापति देउवाले गृहमन्त्री रवि लामिछानेले ठगी गरेका थुप्रै प्रमाण भएकाे दावी गरे ।

Advertisement

गृहमन्त्री कै मातहतमा रहेको प्रहरीले उनी विरुद्ध अनुसन्धान गर्न नसक्ने भन्दै उनले संसदीय समिति गठन हुनै पर्ने र कांग्रेस त्यो अडानबाट पछि हट्न नसक्ने बताए ।

लामिछानेमाथि पोखराकाे सूर्यदर्शन सहकारी सहित जिबी राई संलग्न सहकारीहरुबाट ठगी गरेको आरोप लागेको छ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लामिछाने गृहमन्त्री भएसंगै उनी विरुद्ध आक्रामक रुपमाा प्रस्तुत हुँदै आएको छ । उसले लामिछानेलाई राेष्ट्रममा गएर सम्बाेधन गर्न पनि दिएको छैन् ।

उनीमाथि संसदीय समिति गठन गरेर छानबिन हुनै पर्ने अडानमा रहेको कांग्रेसले समिति गठन गर्न सत्तापक्ष तयार नभएमा आजदेखि संसद चल्नै नदिने बताएको छ ।

सभापति देउवाले भनेका छन्– ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ, संसदीय छानबिन समिति बन्नै पर्छ।

तपाईको प्रतिक्रिया