मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट दर्ता

समाधान संवाददाता २०८० चैत २७ गते १४:५४

पोखरा ।

मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्माले मंगलबार दिउँसो अदालतमा रिट दर्ता गरिएको जानकारी दिए ।

सभामुखलाई गणना गर्न नमिल्ने हुँदा हुँदै गणना गरी गठन गरिएको सरकार बदरभागी रहेको तर्क रिटमा गरिएको छ । संसदको एउटा दल माओवादीका एकजना सांसद सभामुख भएको हुँदा तिनलाई गणना गर्न हुन्न भन्ने जानकारी प्रदेश प्रमुखलाई हुनुपर्नेमा गैरसंवैधानिक गरिएको रिटमा भनिएको छ ।

Advertisement

पाण्डेका तर्फबाट दर्ता भएको रिटमा आफू नै मुख्यमन्त्री रहेको हुँदा निरन्तरताको माग पनि गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया