वन्डरल्यान्ड मन्टेसरीमा दीक्षान्त

समाधान संवाददाता २०८० चैत २७ गते १७:४५


पोखरा ।
पोखरा ६ जरेबरस्थित वन्डरल्यान्ड मन्टेसरीमा सोमबार दीक्षान्त समारोह सम्पन्न भएको छ । गुणस्तरीय र जीवनपयोगी बालशिक्षा भन्ने नाराका साथ भएका कार्यक्रममा बालबालिकाहरुको शैक्षिक उपलब्धिका आधारमा स्तरोन्नति गराइएको जानकारी दिइयो ।


बालबालिकाहरुले कार्यक्रममा पाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमका क्रियाकलाप प्रस्तुत गरेका थिए । बालबालिकाहरुले बोल्ने कलासमेत त्यस अवसरमा प्रस्तुत गरे । विद्यालयकी प्रिन्सिपल सीता पन्थीले विद्यालयमा पूर्वबाल्यावस्थाका बालबालिका आउने गरेको सुनाइन् । सिकाइका लागि जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था नै पूर्वबाल्यावस्थ हुने विचार उनले व्यक्त गरिन् ।


बालबालिकाहरुमा शारीरिक, मानसिक, संवेगात्मक, शैक्षिक र समाजिक विकासमा सन्तुलन कायम गर्दै उनीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटित विद्यालयले गर्दै आएको पन्थीको भनाइ थियो । ‘शिक्षाले बालबालिकामा नभएको प्रतिभा बनाउने भन्दा पनि उनीहरुभित्रै भएको प्रतिभा खोज्छ र सोही प्रतिभालाई विकास गर्ने हो,’ उनले भनिन् । कार्यक्रममा शैक्षिक क्षेत्रका व्यक्तित्वहरु र अभिभावकहरु पनि सहभागी भएका थिए ।

Advertisement

कार्यक्रममा प्याब्सन गण्डकीका पूर्व अध्यक्ष माधवशरण उपाध्यायले बालबालिकाको विषयमा सबै अभिभावकले गम्भीर रुपमा सोच्नुपर्ने उल्लेख गरे । त्यस अवसरमा युवा नेता नवीन सिग्देल, अभिभावक भानु पराजुली, पूर्व अभिभावक दामोदर बराल, प्रिन्सिपल सीता पन्थी रेग्मी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया