विशाल सहकारीको ब्याडमिन्टन प्रतियोगिता

समाधान संवाददाता २०८० चैत २८ गते १६:०४

पोखरा ।
विशाल बचत तथा ऋण सहकारी संस्थाको खेलकुद उपसमितिद्वारा आयोजित अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विश्व खेलकुृद दिवसको अवसर पारेर पोखरा ०८ स्थित सोपाल तमु समाजको खेल हलमा प्रतियोगिता चलेको थियो ।


१२ वटा प्रारम्भिक सहकारी संस्थाबाट प्रतियोगितामा खेलाडी प्रतिस्पर्धामा आएका थिए । मेन्स डबलको रुपमा प्रतिस्पर्धा गरिएको प्रतियोगितामा पशुपति बचतका सदस्यद्वय हेमकृष्ण श्रेष्ठर रवि जोशीले प्रथम स्थान प्राप्त गरे । उनीहरुले २० हजार नगदसहित ट्रफी÷मेडल÷प्रमाणपत्र पाए ।


विशाल बचत तथा ऋण सहकारी संस्थाका सदस्यद्वय शिव शर्मा र गोविन्दप्रसाद ढकाल द्वितीय भएर १० हजार रुपैयाँ नगदसहितको पुरस्कार पाएका थिए । बुद्ध बचतका सदस्यद्वय दीपककुमार मुल्मी र रामकुमार श्रेष्ठ तृतीय भए । उनीहरुले प्राप्त गरेको नगद पुरस्कार राशि ५ हजार रुपैयाँ थियो ।

Advertisement


कर्मशिल बचतका सदस्य सुशील पौडेल र प्रदीप लम्सालले पनि नगद पुरस्कारसहित पदक प्राप्त गरे ।
वीरबहादुर आले र इच्छा गुरुङ प्रतियोगिताको रेफ्री थिए । विशाल सहकारीका अध्यक्ष शिव शर्माले प्रतियोगिताका विजेता र सहभागीलाई बधाई र धन्यवाद ज्ञापन गरे ।


शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष साबित्रा कोइराला, राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे र पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल, सिएमसी कास्कीका अध्यक्ष अपिल कोइराला, संस्थाका उपाध्यक्ष बालकृष्ण ढकाल लगायतले बोलेको कार्यक्रममा कोषाध्यक्ष इन्द्रराज अर्यालले सहकारीका सात सिद्धान्त वाचन गरे ।

Advertisement

कार्यक्रम सञ्चालन संस्थाका प्रमुख व्यवस्थापक शिवप्रसाद भट्टराईले गरे । खेलकुद उपसमितिका अम्बरबहादुर गुरुङले कार्यक्रमको महत्वमाथि प्रकाश पारे ।

तपाईको प्रतिक्रिया