गण्डकी प्रदेशको मुख्य महान्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारी नियुक्त

समाधान संवाददाता २०८० चैत २९ गते १३:२७

पोखरा ।

गण्डकी प्रदेश सरकारकाे मुख्यन्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेका भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विहान सम्पन्न मन्त्रिपरिषदमार्फत अधिकारीलाई मुख्यन्यायाधिवक्ता नियुक्तिको निर्णय गरेका हुन् ।

Advertisement

गण्डकी सरकारको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेकाे विरुद्धमा परेको मुद्दा लड्नका लागि पनि अधिकारी सरकारलाई मुख्यन्याधिवक्ता नियुक्त गर्नु पर्ने थियो ।

कृष्ण अधिकारी नेकपा एमाले जिल्ला कमिटी लमजुङ्गका निवर्तमान अध्यक्ष अध्यक्ष हुन् । केही दिन अघि सम्पन्न जिल्ला अधिवेशनमा पनि दोश्रो कार्यकालका लागि पनि चुनाव लडेका उनी पराजित भएका थिए ।

Advertisement

नवनियुक्त मुख्यन्यायाधिवक्ता अधिकारीलाई आजै ४ बजे सपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्री अधिकारीका स्वकीय सचिव सुनिल तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया