फोर्टी फाइभ प्लसकाे फुटबलको फाइनल आज

समाधान संवाददाता २०८० चैत २९ गते १३:३३

पोखरा ।
पोखरा रंगशालामा जारी दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधिका लागि ढोलाहिटी फ्रिडम र हेटौंडा भेट्रान्स भिड्ने भएका छन ।


प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चितवन भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटी फ्रिडमले फाइनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटीको तर्फबाट तेजबहादुर गलामी र प्रकाश राना मगरले १÷१ गोल गरे । खेलमा भोटाहिटीका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए ।


खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरीले रेडकार्ड पाएर बाहिरिएपछि ढोलाहिटीले लगातार दुई गोल गर्दै फाइनलको यात्रा तय गर्न सहज बन्यो । दोस्रो सेमिफाइनल खेलमा आयोजक एबिसी भेट्रान्सलाई पाखा लगाउदै हेटौडा भेट्रान्सले फाइनल यात्रा तय गर्‍यो । हेटौंडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा म्यान अफ द म्याच घोषित भए ।

Advertisement


प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन् । उपविजेताले नगद ७७ हजार ७ सय ७७, सिल्ड र मेडल प्राप्त गर्ने आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार १ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया