भकुण्डेमा वडाध्यक्ष कप फुटबल हुने

समाधान संवाददाता २०८० चैत २९ गते १३:४७

पोखरा ।
नेपाली नयाँ वर्यको अबसर पारेर भकुण्डे युवा मञ्च पोखरा १८ भकुण्डेको आयोजनामा प्रथम सेभेन ए साइड वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । खेल क्षेत्रको विकास, खेलमार्फत ठाउँको पहिचान, सामाजिक सद्भाव वृद्धि लगायत उद्देश्यले प्रतियोगिता गर्न लागिएको खेल संयोजक सन्तोष अधिकारीले बताए ।


वैशाख २ देखि ४ गतेसम्म चल्ने प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर १८,२३ र २४ का खेलाडीहरुले मात्र भाग लिन पाउने खेल संयोजक सन्तोष अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले नगद ३१ हजार १ सय ११ ट्रफी मेडल प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, सर्वोकृष्ट खेलाडी र अनुशासित टिमले पुरस्कार प्राप्त गर्ने मञ्चका उपाध्यक्ष राजेश थापाले बताए ।

Advertisement


मञ्चको स्थापनाकालदेखि नै विभिन्न क्षेत्र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छ । प्रतियोगितावाट बचत भएको रकम भकुण्डे खेल मैदान निमार्णमा खर्च गरिने मञ्चका सचिव सुमन थापा क्षेत्रीले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया