ढोलाहिटीलाई फोर्टी फाइभ प्लस फुटबल उपाधि

समाधान संवाददाता २०८० चैत ३० गते ११:३५

पोखरा ।
डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ । हेटौंडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटीले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हात पारेको हो ।


उपाधिसँगै ढोलाहिटीले नगद १ लाख ७७ हजार ७ सय ७७ सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता हेटौंडाले नगद ७७ हजार ७ सय ७७ मा चित्त बुझाउनुप¥यो । प्रतियोगितामा ढोलाहिटीका प्रकाश राना मगर म्यान अफ दी म्याच हुन सफल रहे । त्यस्तै प्रतियोगितामा ढोलाहिटीकै तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी गलामीले नगद १० हजार र ट्रफी प्राप्त गरे ।


फाइनल खेलमा ढोलाहिटीको तर्फबाट प्रकाश राना मगरले २ गोल र सरोज थापा र राजकुमार केसीले १—१ गोल गरे भने हेटौडाका शशि गौतम र सञ्जय राना मगरले १—१ गोल गरेका थिए । प्रतियोगिताका विजेताहरूलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले नगद, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertisement


सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको विकासका लागि उल्लेख्य काम हुन नसकेको बताउँदै खेलकुदको विकासका लागि स्थानीय क्लब, संघ संस्था, व्यक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको बताइन् ।


अमरसिंह ब्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले आफूहरूले युवाहरुलाई भन्दा पनि ४५ वर्ष उमेर कटेकाहरुलाई लक्ष्य गरी आपसी भाइचारा कायम गरी शारीरिक तन्दुरुस्तीका लागि सहयोग पुर्‍याउने उद्देश्यले खेलकुदको कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया