अन्तर्राष्ट्रिय शिक्षा लिने, राष्ट्रको सेवा गर्ने

समाधान संवाददाता २०८१ वैशाख १ गते १७:२४

पोखरा ।
नेपालमा प्लस टु सकेर होस् वा उच्च शिक्षा, विदेहश अध्ययनको मोह बढ्दो छ । सरकारी तथ्यांकले पनि भन्छ नेपाली विद्यार्थी ८० भन्दा बढी देशमा पुगेका छन् । यो तथ्यांकले नेपाली समुदायमा पनि बहस जन्माएको छ ।


के उनीहरुले सधैंका लागि नेपाल छाडेका हुन् ? बाहिरिएकाहरु देश फर्कर्दैनन् ? नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो उपस्थिति देखाइरहेका छन् ? यसबाट देशलाई घाटा भइरहेको छ कि लाभ ? यस्ता विषयमा केन्द्रीत भई पोखरामा बिहीबार शैक्षिक बहस भएको छ ।


नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा एजुकेसन थ्री सिक्स्टी कार्यक्रममार्फत गोलोबल एजुकेसन फर बिल्डिङ द नेसन कार्यक्रममा २ सेसनमा प्यालन डिस्कसन गरियो । पोखरा विश्वविद्यालयका रजिस्ट्रार डा दीपक भण्डारी, गण्डकी विश्वविद्यालयका डिन डा कपिल अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईलाई नेपालबाट बाहिरिने विद्यार्थीले अन्तर्राष्ट्रिय क्षेत्रमा पारेको प्रभावबारे समाधान दैनिकका सम्पादक केशवशरण लामिछाने अनेक प्रश्न तेर्स्याए ।

Advertisement


‘नेपालमा अहिले एउटा डिस्कोर्ष चलेको छ । अहिले बाहिरिएको संख्याले देश नै रित्तिने हो कि भन्ने छ । किन देशमा रोकिएन भन्ने आवाज सुनिन्छ,’ अध्यक्ष भट्टराईले भने, ‘संसारका उत्कृष्ट देशमा पुगेर सिकेको सीप, अनुभवले देश विकास अर्को कोसे ढुंगा थप्छ भन्ने छ ।’ डिन अधिकारीले आफू देशमा अवसर हुँदै गर्दा आफू विदेश गएको सम्झिए ।


‘देशमा धेरै अवसर हुँदाहुँदै मैले देश छाडेको थिएँ । अहिले जस्तो थिएन । भर्खर गणतन्त्र आएको थियो । देशमा केही हुन्छ कि भन्ने थियो । यस्तो बेला विदेश पढ्न पुगेको थिएँ,’ उनले भने, ‘त्यो आफ्नै खुसीले पुगेको कन्सिएस च्वइस थिएन ।’ पोखरा विश्वविद्यालयका रजिस्ट्रार भण्डारीले आफू कलेजमा पढाउँदै गर्दा युके जानुको कारण थप ज्ञान आर्जन रहेको सुनाए ।
‘यहाँ पढाउँदै गर्दा विदेशमा कसरी पढाइ हुन्छ, कस्तो हुन्छ जान्ने एउटा हुटहुटी थियो,’ रजिस्ट्रार भण्डारीले भने । इक्यानले शिक्षा नीतिमा सुधार र चुनौतिका केन्द्रीत भएर अर्को प्यानल डिस्कसन पनि ग¥यो । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ र जिपास्ट डाइरेक्टर डा ढाकाबहादुर भण्डारीबिच छलफल भयो ।

Advertisement


सत्रको सहजकर्ता पत्रकार जगदीश खरेल थिए । खरेलले नेपालमा लामो समयदेखि शिक्षा नीति परिवर्तन हुन नसक्नुको कारण खोजे । प्रदेश सभा सदस्यीय गुरुङले विदेश जानु आफंैमा गलत नभएको कर्त गरिन् । उनले विदेश गएर विकसित देशका कुरा नेपालमा ल्याउन सके सबैभन्दा ठूलो विकास त्यहीँ हुने उनको तर्क छ । ‘उच्च शिक्षा ऐन संघले पनि बनाउने चरणमा छ भन्ने सुनिन्छ । हामी प्रदेश सभामा पनि यस्ता आवश्यक ऐन यही कार्यकालमा बनाउँछौं,’ उनले भनिन् ।


प्रतिनिधि सभा सदस्य गुरुङले संसदमा अहिले शिक्षा ऐन दर्ता भएको र छिट्टै उच्च शिक्षा ऐन संसदमा दर्ता हुने क्रममा रहेको जनाए । ‘देश विकासका क्रममा छ । आवश्यक कुरा सदनमा पु¥याउन म तयार छु,’ गुरुङले भने ।


कार्यक्रममा विद्वत प्रवचन नायक राजेश हमालले दिए । उनले विदेश जानु राम्रो भएको बताए । अहिलेको युगमा कुनै पनि विद्यार्थीले अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर अध्ययन गर्न पाउनुपर्ने तर्क गरे । ‘विदेशमा पुगेका नेपालीले प्रगति गर्न थालेका छन् । यसले देशकै विकास हुन्छ । राजनीतिमा होस् वा कुनै बिजनेसमा नेपाली एक्सपोज हुनु आफूैंमा गर्वको कुरा हो,’ हमालले भने । उनले नेपाली शिक्षा प्रणालीले अहिले न अभिभावक, न विद्यार्थीको मन जित्न नसकेको औंल्याउँदै यही कारणले विदेश जानेहरु बढेको सुनाए ।


इक्यान कास्की अध्यक्ष रमेशकुमार थापाले पेशालाई मर्यादित बनाउँदै गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेका विद्यार्थीले विश्वव्यापी प्लेटफर्म पाइरहेको सुनाए । उनले यसले देश विकासमा सहयोग नै पुग्ने तर्क गरे । कार्यक्रम इक्यान सचिव कमल बरालले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया