भुलभुला देवी मन्दिर परिसरमा भवन

समाधान संवाददाता २०८१ वैशाख २ गते १७:१७

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ पुँडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस भवन शनिबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ कार्यलयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई ट्रस निर्माणका लागि विनियोजित ८ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।


भवनको भुलभुला देवी मेलाका अवसरमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । नवनिर्मित ट्रस भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको वडा अध्यक्ष अधिकारीले बताए ।


ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा प्राचीन कालदेखि पूजाआजा गरिदै आईएको भुलभुला बाराही मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडा कार्यालयले विभिन्न पूूर्वाधार विकासका कामलाई जोड दिँदै आएको छ । वडा कार्यालयले मन्दिर नजिकै रहेको डुँडेको रहलाई पर्यटकीय रुपमा विकास गर्न समेत त्यहाँको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

Advertisement


नमुुना युवा क्लब पुडिटारको आयोजनामा भुलभुला देवी मेलाको अवसर पारी चैत २७ गतेदेखि वैशाख १ गतेसम्म दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश नेपालका अनुुशासन विभाग प्रमुख रामप्रसाद ढकालले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया